काठमाडौं, असार १७ । राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई राजनीतिक दलको सदस्यता वितरण गरिएको भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग स्पष्टीकरण माग गरेको छ।
आयोगले बुधबार जारी गरेको प्रेस नोटमा वि?भिन्न सञ्चारमाध्यम तथा आयोगमा प्राप्त सूचनाका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयलाई २०८३ असार १५ गते पत्राचार गर्दै यस विषयमा विस्तृत जानकारी माग गरिएको जनाएको छ।
आयोगका अनुसार पार्टीको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई पनि पार्टी सदस्यता वितरण गरिएको उल्लेख भएको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको हो। यदि त्यस्तो कार्य भएको पुष्टि भएमा नेपालका प्रचलित कानुन तथा बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने आयोगले जनाएको छ।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) बमोजिम आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसँग बालबालिकालाई सदस्यता वितरण गरिएको हो वा होइन भन्ने सम्बन्धमा यथार्थ विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।
आयोगले प्राप्त जवाफ र तथ्यका आधारमा आवश्यक थप प्रक्रिया अघि बढाइने जनाएको छ।





















Discussion about this post