रास्वपाको सभापति उम्मेदवार हुन ५२ हजार सदस्यले २१ हजार तिर्नुपर्ने

काठमाडौं । सामाजिक संजालमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको उम्मेदवारी दर्ता बारे एउटा सूचनापत्र भाइरल भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्बन्धी सूचना सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन आयोगले असार ६ गते जारी गरेको सूचनामार्फत विभिन्न पदका आकांक्षी प्रतिनिधिहरूलाई आवश्यक शुल्क, प्रस्तावक–समर्थक तथा कागजातसहित उम्मेदवारी दर्ता गर्न आग्रह गरेको हो।

सूचनाअनुसार पार्टी सभापति पदका लागि उम्मेदवारी शुल्क ५२ हजार रुपैयाँ तोकिएको छ। उक्त पदका उम्मेदवारले २ जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर पेश गर्नुपर्नेछ।

त्यसैगरी, पार्टी पदाधिकारी पदका लागि ४५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने २ जना प्रस्तावक र २५ जना समर्थक आवश्यक पर्ने जनाइएको छ। केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ र उनीहरूले पनि २ जना प्रस्तावक तथा २५ जना समर्थक जुटाउनुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ताका लागि भरेको मनोनयन पत्र, शुल्क बुझाएको रसिद वा बैंक भौचर, अनुशासन कारबाही नपरेको स्व–घोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि तथा पासपोर्ट साइजका दुई प्रति फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
रास्वपाले उम्मेदवारका प्रस्तावक र समर्थक बन्ने पार्टी सदस्यहरूको नाम प्रतिनिधि नामावलीमा समावेश भएको हुनुपर्ने स्पष्ट गरेको छ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै जारी गरिएको उक्त सूचनाले नेतृत्व चयन प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको छ।

रास्वपाले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि समानुपातिक उम्मेदवारले ५० हजार र प्रत्यक्ष उम्मेदवारले टिकट पाउन करोड लिने गरेको भन्दै सर्वत्र आलोचना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित