धरान । धरान–११ मितेरी मार्गस्थित मितेरी स्पोर्ट्स सेन्टरमा यही असोज २३ गते शुक्रबार ‘ओपन मितेरी इन्डोर फुटसल टुर्नामेन्ट–२०८३’ आयोजना हुने भएको छ।
मितेरी फुटसल धरानले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको मितेरी फुटसललाई पुनर्निर्माण गरी सुविधा सम्पन्न मितेरी स्पोर्ट्स सेन्टर निर्माण गरिएको हो। नयाँ संरचनामा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार मितेरी स्पोर्ट्स सेन्टरमा फुटसलसँगै जिम हल, ब्याडमिन्टनलगायत खेलकुद तथा स्वास्थ्यसम्बन्धी प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। पुनर्निर्माणपछि सेन्टरको अनुमानित लागत करिब २ करोड रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ।
पुरस्कार राशि ५० हजारदेखि
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका लागि खेलाडी तथा टिम दर्ता असोज २२ गते बेलुका ५ बजेसम्म खुला रहनेछ। आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट करिब ५ लाख ५० हजार रुपैयाँ रहेको छ।
प्रतियोगिताको विवरण
प्रतियोगिता: ओपन मितेरी इन्डोर फुटसल टुर्नामेन्ट–२०८३
मिति: २०८३ असोज २३ गते, शुक्रबार
समय: बिहान ९ बजेदेखि
स्थान: मितेरी स्पोर्ट्स सेन्टर, धरान–११, मितेरी मार्ग
प्रवेश शुल्क: ३,९९९ रुपैयाँ
सम्पर्क: ९८२४३२२२६६ / ९८११०८८९२६
आयोजकले प्रतियोगितामा सहभागी हुने खेलाडी तथा टोलीलाई इन्डोर म्याट फुटसल जुत्ता प्रयोग गर्न सुझाव दिएको छ। प्रतियोगिताका लागि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत खेलाडी तथा टोली दर्ता गराउन आह्वान गरिएको छ।




















Discussion about this post