किरात शब्द के हो – जगतबहादुर योङ्हाङ

”किरात याक्थुङ् लिम्बू भाषाको मौलिक शब्द होइन, यो शब्द संस्कृत भाषाबाट तत्भव शब्दको रूपमा नेपाली भाषामा भित्रिएको मात्र हो । याक्थुङ् लिम्बू भाषामा भित्रिएको होइन । संस्कृतमा लेख्दा किरात लेखिन्छ भने नेपालीमा लेख्दा किराँत लेखिन्छ । चन्द्रविन्दुमा फरक पर्छ । त्यसैले याक्थुङ् लिम्बू समुदायको साम्जिक मुन्धुममा यो शब्द घुसाउँनु भनेको असली र मौलिक मुन्धुमलाई विकृत पार्नु हो । सस्कृतकरण गर्दै अन्तमा हिन्दु वेदशास्त्र जस्तै बनाउनु हो ।

हामी याक्थुङ लिम्बू भनेको संस्कृत भाषी होइन । हाम्रो आफ्नै मौलिक याक्थुङ् पान/याक्थुङ भाषा छ । हाम्रो भाषा शिनोटिवेटियन मुल र ट्रान्स हिमालय उपमूलको भोटबर्मेली भाषा परिवारमा पर्छ । तर किरात शब्द भनेको भारोपेली भाषा परिवारको शब्द हो । यो शब्दलाई हाम्रो धर्म संस्कृतिमा घुसाएर प्रगोग गर्नु भनेको आफ्नो अस्तित्व आफै मेटाउनु हो ।

अर्को कुरा भोटबर्मेली भाषा परिवारका समुदायको भाषा, लिपि, धर्म, संस्कार र संस्कृति तथा भूगोलको नामकरण कुनै पनि हालतमा भारोपेली भाषा परिवार संस्कृत वा नेपाली भाषामा हुन् वा रहन सक्दैन । यस्ता कुराहरूको नामकरण गर्न आफ्नै भाषा काफि छ । यो अतिक्रमण गर्ने रणनीति मात्र हो वा भाषिक औपनिवेशिककरण हो । यो भाषिक सिद्धान्त वा भाषा वैज्ञानिक आधारले पनि नहुने वा नमिल्ने कुरा हो । यदी किरात शब्दलाई प्राथमिकता दिदैँ जानु भनेको उही याक्थुङलाजे लिम्बूवानमा अहिले विभिन्न गाउँ ठाउँ नदिनालालाई भाषिक अतिक्रमण गरेर संस्कृत नामाकरण गरे जस्तै हो । जस्तै: इम्बिरी याङथाङवा लाई तमर खोला, सेमुक्तोगोक्मालाई पाथीभरा भने जस्तै हो ।

त्यसैले संस्कृत शब्द किरात भनेको हामी याक्थुङ लिम्बू भाषीलागि एक प्रकारको भाषिक विष वा भाइरस हो । यसलाई प्रयोग नगर्न नै उचित हुन्छ…!!!”

सेवारो

जगतबहादुर योङ्हाङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित