विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति पुनर्गठन, आन्दोलन थप सशक्त बनाइने

धरान, १२ जुलाई २०२६। विजयपुर दरबार परिसर संरक्षणका लागि २०७४ सालमा गठन भएको विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति पुनर्गठन गरिएको छ।

चुम्लुङ हिम, धरानमा आइतबार सम्पन्न भेलाले तत्कालीन सह–संयोजक तथा पूर्व संयोजक सुवासचन्द्र हुक्पा चोङवाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै संरक्षण अभियानलाई थप सशक्त बनाउने निर्णय गरेको हो।

चोङवाङ नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) धरान तथा कियाचु धरानका पूर्व अध्यक्ष हुन्। उनी हाल कियाचु सुनसरीका सहसचिव समेत रहेका छन् ।समितिको उपाध्यक्षमा विष्णु थाम्देन (नेपाल जनमुक्ति पार्टी), राजकुमार वनेम ‘प्रिन्स’ (सङ्घीय लिम्बुवान मञ्च) र तीर्थ मादेम्बा (कियाचु धरान) चयन भएका छन्। सचिवमा सन्तोष कुरुम्वाङ, सहसचिव तथा प्रवक्तामा अमित थेबे, सहसचिवहरूमा हितराम तिल्लिङ र समृत खेवा मादेन, तथा कोषाध्यक्षमा पवित्रा हुक्पा चोङवाङ चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा आरती नेम्वाङ, जयप्रकाश तिगेला, मदन सम्बाहाङ्फे, सुमन चेम्जोङ, कृष्ण फोम्बो, प्रवेग हाङ्स्रोङ र लैनबहादुर लाओती रहेका छन्। साथै चौबिसे समाज, युमा साम्यो महासभा नेपाल लगायतका संस्थाका प्रतिनिधिहरू पनि सदस्य रहने जनाइएको छ।
समितिका सल्लाहकारमा थाङसाङ लाओती, उपप्राध्यापक हर्क इजम, राम आङबुहाङ, देव सुब्बा इजम, मोहन हुक्पा चोङवाङ र जेन्टल लाओती रहेका छन्।

अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङले विजयपुर दरबार परिसरको संरक्षणका विषयमा कुनै पनि पक्षसँग सम्झौता नगर्ने स्पष्ट पार्दै आवश्यकताअनुसार थप सामाजिक, सांस्कृतिक, थरगत, थुमगत तथा राजनीतिक सङ्गठनलाई अभियानमा आबद्ध गराइने बताए।

श्वेतपत्र सार्वजनिक
भेलाले ‘विजयपुर दरबार परिसर संरक्षण र बृहत् विकास परियोजना’ सम्बन्धी श्वेतपत्र पनि सार्वजनिक गरेको छ। श्वेतपत्रमार्फत विजयपुर क्षेत्रमा भइरहेको सांस्कृतिक अतिक्रमणप्रति साझा धारणा सार्वजनिक गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक महत्त्व बोकेको विजयपुर दरबार परिसरभित्र निर्माण गरिएका अनधिकृत संरचनाहरू तत्काल हटाउन सम्बन्धित पक्षसँग माग गरिएको छ।

संशोधित १० बुँदे श्वेतपत्रमा तीन दर्जनभन्दा बढी याक्थुङ (लिम्बु) सम्बन्धित सङ्घ–संस्था, सामाजिक सङ्गठन तथा राजनीतिक दलका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
कार्यक्रम निवर्तमान संयोजक थाङसाङ लाओतीको संयोजकत्व तथा सचिव सन्तोष कुरुम्वाङको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा अमित थेबेले श्वेतपत्र प्रस्तुत गरेका थिए।

साउन १ गते सरसफाइ अभियान

संघर्ष समितिले साउन १ गते सिसेक्पा तङ्नामको अवसरमा विजयपुर (लिम्बुवान) दरबार परिसरमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गर्ने जनाएको छ।

समितिले विजयपुर दरबार परिसरको मूल क्षेत्रमा सांस्कृतिक अतिक्रमण निम्त्याउने संरचनाहरू तत्काल हटाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ। साथै, सर्वोच्च अदालतका निर्णयहरूको अक्षरशः पालना गर्न र विवादित संरचना नहटेसम्म परिसरकै क्षेत्र मानिने सुलिकोटमुनिको चिल्लो डाँडा (चिन्डे डाँडा) मा भइरहेको परियोजना स्थगन गर्न समेत अनुरोध गरेको छ।

पछिल्लो समयमा बिजयपुर परिसरमा च्यान भत्काएको देखि बिजयपुरको शिरमा रहेको पुजा थानभित्र नै किरात राई यायोक्खाले चिन्डो गाडेपछि विवाद सतहमा आएको हो । धरानको खानेपानीको लागि IUDP को ट्याङ्की निर्माणका लागि रुख ढलान गरेपछि चार किरातले बिरोध जनाएका थिए । त्यसपछि १८ बुँदे सम्झौता भएको थियो । त्यहि १८ बुँदे सम्झौतालाई टेकेर चिन्डो स्थापना गरेको दाबि यायोक्खाको छ । तर जब ट्याङ्कि  निर्माण हुननसकेको अवस्थामा १८ बुँदे स्वत: खारेज तथा निष्क्रिय भएको दाबि चुम्लुङको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित