धरान, श्रावण ९ । श्रम संस्कृति पार्टी धरान ३ वडा समितिद्वारा ४४ हजार रुपैया बराबरको रक्त समुह निशुल्क परिक्षण गरिएको छ । धरान ३ चिनिया चोकमा परिक्षण शिबिर राखिएकोमा २२० जनाले रक्त परिक्षण गरिएको छ ।
कार्यक्रम श्रम संस्कृति पार्टी अध्यक्ष तथा सांसद हर्क साम्पाङको प्रमुख आतिथ्यमा भएको थियो । मानव जातिको परोपकार,तपाईंको स्वास्थ्य हाम्रो सरोकार भन्ने मुल नाराकासाथ परिक्षण भएको थियो । परिक्षण कार्यक्रम विरिष्ठ स्वास्थ्य प्राविधिक गोपाल गुरुङ को संयोजकत्वमा प्रयोगशाला विशेषज्ञ काजि गुरुङ प्राविधिक र विरिष्ठ स्वास्थ्य अन्य प्राविधिक चार जना ल्याब टेक्निसियन रहेका थिए ।
गोपाल गुरुङका अनुसार प्राईभेटमा रक्त समुह परिक्षण गर्दा एकजनाको दुई सय रुपैया लाग्नेछ जस अनुसार २२० जनाको ४४ हजार बराबर हुने जानकारी दिए ।
श्रम संस्कृति पार्टी धरान ३ वडा समिति अध्यक्ष कालुराम लिम्बुले स्थानीय सर्वसाधारणको निःशुल्क रक्त समूह परीक्षण गरिएको बताए । स्वास्थ्यप्रति नागरिकलाई सचेत बनाउने तथा आवश्यक पर्दा रक्तदानलाई सहज बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष कालुरामले पार्टीको संगठन विस्तार गर्दै वडा नम्बर ३ मा पार्टीको सदस्यता पनि वितरण गरिएको जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि हर्क साम्पाङले मानव स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी अभियानलाई निरन्तर अघि बढाइने बताए। उनले समाजसेवा, श्रमदान र स्वास्थ्य सचेतना एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै नागरिकलाई यस्ता अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरे।

























Discussion about this post