राष्ट्र शोकमा गाईजात्रा महोत्सव स्थगित, आजै पत्रकार भेटघाट गरी तयारी तीव्र पारिएको थियो

धरान । रसुवा र भोटेकोशी क्षेत्रमा भएको विपदमा ठूलो जनधनको क्षति भएपछि खड्गी समाज धरानले आगामी भाद्र १३ गते आयोजना गर्ने तयारी गरेको गाईजात्रा महोत्सव–२०८३ स्थगित गर्ने निर्णय गरेको छ।

समाजले एक सूचना जारी गर्दै विपदमा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
राष्ट्र नै विपद्को दुःखद घडीमा रहेका बेला आफूहरू जात्रामा रमाउन नसक्ने भन्दै समाजले पितृ मोक्षका लागि आयोजना गरिने गाईजात्रासहित त्यसपछि हुने महोत्सवका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको हो।

खड्गी समाज धरानका अध्यक्ष मनिष खड्गीद्वारा जारी सूचनामा विपद्को यस घडीमा सबै एकजुट भएर उद्धार तथा राहत कार्यमा जुट्न र सरकारलाई साथ दिनसमेत अपिल गरिएको छ।

विशेष कुरा के छ भने, गाईजात्रा महोत्सवको तयारीबारे आजै खड्गी समाज धरानले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो। पत्रकार भेटघाटमार्फत महोत्सवलाई व्यापक रूपमा प्रदर्शन गर्ने तयारीबारे जानकारी गराउने तयारी भए पनि रसुवा–भोटेकोशीको विपद्पछि उत्पन्न राष्ट्रिय दुःखको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो।

समाजले विपदमा परेकाहरूको उद्धार, राहत तथा सहयोगका लागि सबैलाई एकजुट हुन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित