धरान । पहिचानको आन्दोलनमा ज्यान गुमाएका सहिद लाजेहाङ लिम्बुको स्मृतिमा धरान उपमहानगरपालिका–४ स्थित ढुङ्गेकला पार्कमा प्रतिमा (सालिक) निर्माण गरिने भएको छ।
प्रतिमा निर्माणका लागि निर्माणस्थलको उपयुक्तता अध्ययन तथा आवश्यक व्यवस्थापन गर्न सम्बन्धित पक्षले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा प्रतिमा निर्माणका लागि पार्कको स्थान, संरचना तथा आवश्यक व्यवस्थापनका विषयमा छलफल गरिएको जनाइएको छ।
लाजेहाङ लिम्बुको स्मृतिमा प्रतिमा निर्माण गर्ने उद्देश्यले निर्माण समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ। समितिले निर्माणस्थलको व्यवस्थापन, प्रतिमा निर्माण तथा अन्य आवश्यक तयारीका विषयमा काम गर्ने जनाएको छ।
ढुङ्गेकला पार्कमा प्रतिमा निर्माण भएपछि सहिद लाजेहाङ लिम्बुको योगदान र पहिचान आन्दोलनसँग जोडिएको इतिहासलाई स्मरण गर्ने स्थलका रूपमा विकास गर्ने उद्देश्य रहेको समितिले जनाएको छ।





















Discussion about this post