धरान रनको थिम गीत सार्वजनिक, १४ औ संस्करण फागुन ९ गते अन्तिम तयारी 

धरान । आगामी फागुन ९ गते आयोजना हुन लागेको धरान १० के रन – १४औँ नेवा च्यारिटी रन लाई लक्षित गर्दै थिम गीत सार्वजनिक गरिएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत “रन रन रन धरान रन” बोलको थिम गीत औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

धरान–२ स्थित साधना भवन परिसरमा रहेको लेवल अप रेस्टुरेन्टमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरिएको आयोजकले जनाएको छ। गीतका शब्द तथा संगीत प्रमोद पोर्तेल ले तयार पारेका हुन् भने स्वर पनि उनकै रहेको छ।

उक्त थिम गीतमा विगतमा सम्पन्न धरान रनका विभिन्न गतिविधि र दृश्यहरू समेटिएका छन्। भिडियो निर्माण तथा समन्वयमा बी टिभी संलग्न रहेको तथा मिडिया पार्टनरका रूपमा विजयपुर एफएम रहेको जनाइएको छ। गीत मंगलबार प्रमोद पोर्तेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

आयोजकका अनुसार थिम गीतले खेलकुद, स्वास्थ्य र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। च्यारिटीमार्फत सामाजिक सहयोग जुटाउँदै यस वर्षको कार्यक्रममा बढीभन्दा बढी नागरिकको सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।

धरान १० के रन विगतदेखि नै खेलकुद तथा सामाजिक सेवासँग जोडिएको लोकप्रिय कार्यक्रमका रूपमा परिचित छ। यस वर्षको १४औँ संस्करण पनि भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित