पीपीओ धरानमा सातौं अन्तर भुपु सैनिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, बिजेता भए धरान 

धरान । भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालय (पीपीओ) धरानले नेपाल एसबीआई बैंकको सहकार्य र एभरेष्ट बैंकको सहयोगमा आयोजना गरेको सातौं इन्टर भूपू सैनिक ब्याडमिन्टन प्रतियोगिता–२०२६ साउन १२ गते सम्पन्न भएको छ।

प्रतियोगिता साउन १० देखि  सञ्चालन भएको थियो। प्रतियोगितामा धरानस्थित पीपीओको टोलीसहित भारतीय भूपू सैनिक तथा आश्रित परिवारका १९१ जना खेलाडी सहभागी भएका थिए।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि नेपाल प्रहरीका एसएसपी ज्ञानेन्द्र फुयाँल रहेका थिए। पीपीओ धरानका कार्यवाहक प्रभारी अधिकारी मेजर सम्मि सुवर्ण ले प्रमुख अतिथिलाई स्वागत गरेका थिए।

समारोहमा कार्यवाहक प्रभारी अधिकारी मेजर सुवर्णकी धर्मपत्नी रक्षिता राजु  श्रीयान, नेपाल पुलिस स्कुलकी कमाण्डेन्ट इन्स्पेक्टर अनिता कुमारी महत, प्रिन्सिपल मोनिका राई सुब्बा, नेपाल एसबीआई बैंकका शाखा प्रबन्धक रमेश योगी, एभरेष्ट बैंकका शाखा प्रबन्धक मदनकुमार श्रेष्ठ, नेपाल प्रहरीका अधिकारी तथा जवान, पीपीओ धरानका कर्मचारी र अन्य आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताका विजेता भुपु समिति धरान  तथा उपविजेता भुपु समिति बिर्तामोडलाई प्रमुख अतिथिबाट मेडल तथा पुरस्कार वितरण गरिएको थियो। आयोजकका अनुसार प्रतियोगिताले भूपू सैनिक तथा उनीहरूका परिवारबीच शारीरिक, मानसिक स्वास्थ्य प्रवर्द्धनसँगै आपसी सम्बन्ध सुदृढ बनाउन योगदान पुर्‍याएको छ।

प्रतियोगिताको नतिजा
महिला एकल
विजेता: मिस नमिता राई (धरान)
उपविजेता: मिस इशा लिम्बू (बिर्तामोड)

महिला डबल्स
विजेता: सिता राई/इन्दिरा राई (धनकुटा)
उपविजेता: सुनिला लिम्बू/सपना राई (धरान)

पुरुष एकल (६१ वर्षमाथि)
विजेता: देवबहादुर राई (धरान)
उपविजेता: देव हाङ राई (इटहरी)

पुरुष डबल्स (६१ वर्षमाथि)
विजेता: मनबहादुर लिम्बू/विकाश राई (धरान)
उपविजेता: धनजित राई/मनोजकुमार राई (दमक)

पुरुष डबल्स (५१–६० वर्ष)
विजेता: खाम्बा सिंह लिम्बू/पहाङ वीर नेम्बाङ (इलाम)
उपविजेता: काजी शेर्पा/लिला हाङ लिम्बू (उर्लाबारी–इटहरी)

पुरुष एकल (५१–६० वर्ष)
विजेता: नन्दलाल लिम्बू (बिर्तामोड)
उपविजेता: छुदा कृष्ण बेघा (बिर्तामोड)

पुरुष एकल (५० वर्ष)
विजेता: रणध्वज राई (धरान)
उपविजेता: विष्णु कुमार तामाङ (बिर्तामोड)

पुरुष डबल्स (५० वर्ष)
विजेता: रणध्वज राई/मणि राई (धरान)
उपविजेता: राजकुमार राई/सन्जोक श्रेष्ठ (धरान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित