भोटखोलाको किमाथांकामा सीमा प्रशासन र भन्सार कार्यालय पुनःस्थापनाको माग

खाँदबारी । भोटखोला गाउँपालिकाले संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेका सीमा प्रशासन कार्यालय र भन्सार कार्यालयलाई भोटखोला गाउँपालिका–१ किमाथांकामा पुनःस्थापना गरी सेवा प्रवाह गर्न माग गरेको छ।

भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर लामाले प्रमुख जिल्ला अधिकारीसमक्ष पत्र पठाउँदै किमाथांकामै सीमा प्रशासन र भन्सार कार्यालय स्थापना गरी सेवा दिन आग्रह गरेका हुन्।

गाउँपालिकाका अनुसार किमाथांका नाकामा स्थानीयस्तरमा हुने व्यापार–व्यवसायका लागि सीमा प्रवेश अनुमतिपत्र बनाउन तथा नवीकरण गर्न सेवाग्राहीले लामो यात्रा गरी खाँदबारी पुग्नुपर्ने बाध्यता छ। त्यस्तै, भन्सारसम्बन्धी कामका लागि समेत खाँदबारी धाउनुपर्ने भएकाले स्थानीय नागरिकले सास्ती भोग्दै आएका छन्।

नेपाल सरकारले जनतालाई सहज र सरल ढंगबाट सेवा प्रदान गर्ने उद्देश्यले कर्मचारी दरबन्दी घटाए पनि सम्बन्धित स्थानमा नपुगी विभिन्न बहानामा सदरमुकाममै कार्यालय खडा गरी बसेको गाउँपालिकाको आरोप छ।
पत्रमा तत्काल सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय भोटखोला गाउँपालिका–१ किमाथांकामा पुनःस्थापना गरी सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरिएको छ।

अध्यक्ष लामाले उक्त मागको जानकारी प्रतिनिधिसभा सदस्य डा. अर्जुनकुमार कार्की, जिल्ला समन्वय समिति संखुवासभा, गृह मन्त्रालयको सीमा तथा अध्यागमन शाखा र भन्सार विभागलाई समेत गराएका छन्।

सम्बन्धित स्थान किमाथांकामा भन्सार नबस्ने सुविधायुक्त सदरमुकाम खाँदबारीमा कर्मचारी र कार्यालय बस्दा स्थानीय सदरमुकाम धाउनुपर्ने मालसामान ल्याएर आउदा अबैध भन्दै पक्राउ गरेर दुख दिइरहेको स्थानीय तथा गाउँपालिका अध्यक्ष स्वयंले गुनासो गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित