धरानमा आजदेखि अन्तर भूपू समिति ब्याडमिन्टन प्रतियोगिता सुरु (फोटो भिडियो सहित)

 

धरान, साउन ९। भारतीय राजदूतावास अन्तर्गत रहेको पेन्सन वितरण कार्यालय, धरान को आयोजनामा अन्तर भूपू समिति ब्याडमिन्टन प्रतियोगिता–२०२६ आजदेखि धरानमा सुरु भएको छ।

प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, उदयपुर तथा तेह्रथुम लगायतका १४ वटा भूपू समिति सहभागी भएका छन्। आयोजकका अनुसार प्रतियोगितामा कुल १९१ जना खेलाडी ले विभिन्न उमेर समूह तथा महिला–पुरुष विधामा प्रतिस्पर्धा गर्नेछन्।
सहभागीमध्ये ५० वर्षमुनिका ७५ जना, ५१–६० वर्ष समूहका ७३ जना, ६१ वर्षमाथिका १८ जना, ६१ वर्षमाथि सिंगलतर्फ ५ जना, महिला डबल्सतर्फ १८ जना र महिला सिंगल्सतर्फ २ जना रहेका छन्।

सबैभन्दा बढी धरान, सुनसरी भूपू समिति बाट ५५ जना खेलाडी सहभागी भएका छन् भने युनाइटेड एक्स–सर्भिसमेन, इटहरी बाट ३१ जना, दमक बाट २५ जना र बिर्तामोड बाट २० जना खेलाडीले सहभागिता जनाएका छन्।

उद्घाटन कार्यक्रम कार्यवाहक प्रभारी अधिकारी मेजर डा. सम्मि सुवर्णको अध्यक्षतामा एनएसबीएल (NSBL) की प्रान्तीय प्रबन्धक श्रीमती दमयन्ती जोशी तथा नेपाल प्रहरी विद्यालय की प्रिन्सिपल श्रीमती मनीका सुब्बा राई विशेष अतिथिका रूपमा उपस्थित  रहेको थियो ।

प्रतियोगिताले भूपू सैनिकहरूबीच आपसी सद्भाव, स्वास्थ्य प्रवर्द्धन र खेल संस्कृतिको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित