च्याङ्ग्रा खरिदमा घोटाला भएको नै हो कि निराधार आरोप

संखुवासभा । संखुवासभा जिल्लाको उत्तरी चीनसिमा जोडिएको भोटखोला गाउँपालिका वडा नम्बर २ थुदामको कृषक समुहको लागि खरिद गरिएको विषयमा घोटाला भएको भन्ने आरोप सहितको संवाद चिसेफायु मिडियालाई प्राप्त भएको छ ।

जवाफदेहिको प्रश्न गर्दै भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामासंग जिज्ञासा राख्दा पत्रुकारको मिडिया ट्रायल भन्दै साइबर मुद्दाको धम्किपुर्ण चेतावनी दिएका थिए । अध्यक्षले यस विषयमा कृषि तथा पशु सेवाका कर्मचारी ल्हापासङ भोटेसंग सत्यतथ्य बुझ्न भन्दै सम्पुर्ण कागजात सहित रहेको दाबि गरे ।

कृषि तथा पशु सेवा हटियाका कर्मचारी ल्हाप्साङ भोटेसंग बुझ्दा सशर्त बजेटबाट ३५ लाख रुपैयाको १०८ वटा च्याङ्ग्रा खरिद गरेको जानकारी दिए । खरिद गरेको १०८ वटा मध्ये ८ वटा लोमान्थाङमै गाडिमा मरेको जानकारी दिए । दुईवटा च्याङ्ग्रा गोलामा एउटा चेपुवामा गरि ११ वटा बाटोमै मरेको बताए । ल्हाप्साङले च्याम्ताङमा ९७ वटा च्याङ्रा जिम्मा जिवित जिम्मा लिएको बताए । थुदामको कृषक समुहको सनम छिरिङलाई च्याम्ताङमा हस्तान्तरण गरिएको बताए । उनले थुदाममा १५ जना सदस्य रहेको कृषक समुहले प्रति सदस्य ६/७ वटाको दरले वितरण गरेको जानकारी समुहबाट प्राप्त भएको बताए ।खरिद गर्दा बोकाको ३५ हजार र पाठिको २३/२४ हजार परेको जानकारी दिए ।

ल्हाप्साङले जानकारी दिए अनुसार हाल सबै च्याङ्ग्रा नरहेको बताए । हावापानी उपयुुक्त देखिए पनि विष जडिबुटी खाएर अन्य कारणले समेत मरेको स्थानीय कृषकले अनुगमनमा पुग्दा जानकारी दिएको बताए । उनले यस अघि पनि संखुवासभामा यस्तै कार्यक्रम गर्दा कुनै च्याङ्ग्रा नबचेको तथ्यांक पाएको बताए ।

स्रोतले जानकारी दिए अनुसार प्राप्त संवाद करार कर्मचारी समेत रहेको फुर्पु धेन्दुक भोटेसंग भएको खुलासा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित