धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य गेट अगाडि सञ्चालनमा रहेका फार्मेसी तथा मेडिकल पसलहरूको अनुगमनका क्रममा नियमविपरीत सञ्चालन भएको पाइएपछि ८ वटा फार्मेसीमाथि कारबाही गरिएको छ। तीमध्ये २ वटा फार्मेसी सिलबन्दी गरिएको छ।
औषधि व्यवस्था विभागबाट खटिएका टोलिले सबिना फार्मेसी, स्काई फार्मेसी, सुजिता फार्मेसी, वर्षा मेडिकल, रितिसा मेडिकल, निर्यान मेडिकल लगायत ८ वटा फार्मेसीमाथि निलम्बनको कारबाही गरिएको छ। साथै चाँदनी मेडिकल र सुजिता फार्मेसीलाई सिलबन्दी गरिएको उनले जानकारी दिए।
उनका अनुसार निलम्बनमा परेका व्यवसायीमाथि औषधि ऐन, २०३५ बमोजिम विभागको केन्द्रीय कार्यालयबाट थप कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ।
केही दिनअघि बीपी प्रतिष्ठान अगाडि औषधि व्यवसायी पक्राउ परेपछि व्यवसायीहरूले विरोध प्रदर्शन गरेका थिए। त्यसपछि औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा सम्बन्धित फार्मेसीहरू नियमविपरीत सञ्चालन भइरहेको भेटिएको जनसरोकार धरानले जनाएको छ।




















Discussion about this post