असार ३२ गते बिपिमा जचाउदा कोलोनोस्कोपि गर्न छ महिनापछि बोलायो

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा), धरानमा उपचार गराउन आएका एक सेवाग्राहीले कोलोनोस्कोपी (Colonoscopy) जाँचका लागि करिब ६ महिनापछि मात्रै पालो दिइएको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरेका छन्।

शोभित पौडेल नाम गरेका सेवाग्राहीले असार ३२ गते प्रतिष्ठानमा पुगेर कोलोनोस्कोपी जाँचको पालोबारे जानकारी लिँदा सम्बन्धित शाखाले आगामी पुस १७ गते को मिति दिएको बताएका छन्। उनले यस्तो लामो प्रतीक्षाका कारण बिरामीको स्वास्थ्य अवस्था झन् जटिल हुन सक्ने भन्दै प्रश्न उठाएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “६ महिनाभित्र रोगको उपचार नै नभई अवस्था झन् गम्भीर भयो भने यसको जिम्मेवारी कसले लिन्छ? घोपा क्यामले कि स्वास्थ्य मन्त्रालयले?”
पौडेलले नेपालमा स्वास्थ्य उपचारका लागि यति लामो समय कुर्नुपर्ने अवस्था दुःखद रहेको उल्लेख गर्दै सरकार, स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले आर्थिक रूपमा कमजोर नागरिकले समयमै उपचार नपाउँदा ज्यानसमेत गुमाउनुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग आग्रह गरेका छन्।

उक्त गुनासो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वास्थ्य सेवाको पहुँच, विशेषज्ञ सेवा अभाव तथा लामो प्रतीक्षा सूचीबारे पुनः बहस सुरु भएको छ। यद्यपि, यस विषयमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित