धरान असार २१ — संखुवासभा जिल्लामा सक्रिय रहेका जनता समाजवादी पार्टी (जसपा) नेपाल का ८० जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।
जिल्ला अध्यक्षलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा व्यक्तिगत कारणवश पार्टीमा सक्रिय रूपमा काम गर्न असमर्थ भएको उल्लेख गर्दै आजकै मितिदेखि पार्टीका सम्पूर्ण जिम्मेवारी र सदस्यताबाट राजीनामा दिएको जनाइएको छ। साथै, पार्टीमा रहेर काम गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि लोकतान्त्रिक संवाद र सहकार्यको अपेक्षा गरिएको छ।
पार्टी परित्याग गरेका नेता–कार्यकर्ताहरू असार २१ गते नै श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। श्रम संस्कृति पार्टीका अनुसार वरिष्ठ श्रमदाता सुदन किरातीको प्रमुख आतिथ्यमा धरान–१६ स्थित याक्ख भवनमा आयोजना हुने विशेष कार्यक्रममा उनीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिनेछ।
श्रम संस्कृति पार्टीले पछिल्लो समय विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू आफ्नो पार्टीमा आकर्षित भइरहेको दाबी गर्दै श्रम, सुशासन र जनसहभागितामूलक राजनीतिप्रति विश्वास राख्नेहरूको संख्या बढ्दै गएको जनाएको छ।
पार्टी परित्याग गर्नेहरूको नामावली
१. मुना लिम्बु (केन्द्रीय सदस्य)
२. नुर्वु शेर्पा (शेर्पा राष्ट्रिय समिति संयोजक)
३. रामकुमार राई (जिल्ला उपाध्यक्ष)
४. किशोर राई (जिल्ला उपाध्यक्ष)
५. मित्र व. सांगपाङ्ग (जिल्ला सदस्य)
६. डिल्ली थाम्फु (जिल्ला सदस्य)
७. वीर व. तामाङ (जिल्ला सदस्य)
८. महान शंकर राई (पालिका संयोजक)
९. बुद्धि मेवाहाङ (वडा संयोजक)
१०. दावा ओङ्दी शेर्पा
११. मुनी ओङ्दी शेर्पा
१२. सुरेन्द्र राई
१३. छिरिङ शेर्पा
१४. लेखबहादुर राई
१५. दिलीप राई
१६. सजीव राई
१७. दिलकुमार राई
१८. लोकमान राई
१९. दिपा राई
२०. स्मृति राई
२१. मोहन सिंह राई
२२. गोरा गुरुङ
२३. कमन राई
२४. भरत याक्खा (प्रदेश १ सचिवालय)
२५. तुला बहादुर कुलुङ (प्रदेश समिति)
२६. पूर्ण शेर्पा (जिल्ला सचिव)
२७. मानकुमार राई
२८. गोविन्द रिन्छो
२९. फुर्केश तामाङ
३०. शंकर राई (नगर अध्यक्ष)
३१. श्याम राई
३२. धनबहादुर कुलुङ
३३. लाक्पा फुर्वा शेर्पा
३४. डवाङ शेर्पा
३५. केबी राई
३६. फुर्वोजी शेर्पा
३७. आजु राई
३८. अभिषेक राई
३९. राजन राई
४०. लालबहादुर राई
४१. सञ्जोक राई
४२. कञ्चन राई
४३. पदम वर्दी बजी
४४. मिपुन राई
४५. मनोज राई
४६. डिल्लीमान राई
४७. चन्द्रबहादुर राई
४८. शंकर राई
४९. आइस्टन राई
५०. खड्गबहादुर राई
५१. ज्ञानबहादुर राई
५२. विरबहादुर राई
५३. वलिराम राई
५४. लक्ष्मी गुरुङ
५५. लक्ष्मण राई
५६. वैरुङ तामाङ
५७. सुदिक्षा राई
५८. उत्तरकुमार राई
५९. प्रविन राई
६०. अनिश कुलुङ
६१. अशोक कुलुङ
६२. शान्त कुलुङ
६३. सुविना राई
६४. हेमकुमार राई
६५. राजेन्द्र राई
६६. खोगेन राई
६७. तिमान राई
६८. गीता राई
६९. आइतरमान तामाङ
७०. नवीन राई
७१. विमान राई
७२. धनञ्जय राई
७३. भुवान राई
७४. परशोत्तम वर्दी
७५. एलिशा राई
७६. विकेश मेवाहाङ
७७. सविता बिक
७८. गम्भीर सिंह राई
७९. प्रकाश याक्खा
८०. प्रशान्त राई
कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरूको पनि सहभागिता रहने जनाइएको छ। (तस्बिर खोटाङ मझुवागढी पार्टी प्रवेश )






















Discussion about this post