हङकङ । नेपाली समुदायको पहलमा स्थापना गरिएको ‘गोरखा फाइनान्स लिमिटेड’को औपचारिक शुभारम्भ भव्य समारोहका साथ सम्पन्न गरिएको छ। चिम सा शुईस्थित YMCA Tower को विशेष हलमा आयोजना गरिएको कार्यक्रममा नबिल बैंक लिमिटेड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवाली प्रमुख अतिथि रहनुभयो।
उद्घाटन समारोहमा बोल्दै ज्ञवालीले नेपालमा पछिल्ला वर्षहरूमा थुप्रै वित्तीय संस्थाहरू धरासायी भएको उदाहरण प्रस्तुत गर्दै लगानी सुरक्षित राख्नका लागि योजनाबद्ध रणनीति आवश्यक रहेको सुझाव दिनुभयो।
सञ्चालक डीके दाहालले हङकङमा रहेका नेपालीहरूको सुझाव र सहयोगकै आधारमा यो फाइनान्स स्थापनाको पहल गरिएको बताउनुभयो। उहाँले भने, “हङकङमा नेपालीहरूको आफ्नै वित्तीय संस्था होस् भन्ने हाम्रो सपना थियो, आज त्यो दिशामा पहिलो कदम चालिएको छ।”
कार्यक्रममा हङकङमा आवद्ध विभिन्न सामाजिक, व्यावसायिक तथा संस्थागत व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सञ्चालक मण्डलमा डीके दाहाल र आकाश बन्जाराको नेतृत्व रहेको छ। यस अवसरमा दाहाल र बन्जारालाई शुभकामना तथा बधाई दिइएको थियो।




















Discussion about this post