धरान, २०८२ साउन ३० । धरान उपमहानगर कमिटी (नेकपा–एमाले) ले हालै धरानमा भएको अराजक गतिविधि र तोडफोडको घटनाप्रति कडा आपत्ति जनाएको छ। कमिटीले सार्वजनिक गरेको विज्ञप्तिअनुसार जेनेजि आन्दोलनको नाममा पार्टी कार्यालयमाथि योजनाबद्ध ढंगले आक्रमण गरी ठूलो क्षति पुर्याइएको बताइएको छ।
विज्ञप्तिमा धरानका पत्रकार विमल शाखा र मिलन बान्तवा लगायतको नाम उल्लेख गर्दै उनीहरू घटनासँग संलग्न रहेको प्रमाण भेटिएको दाबी गरिएको छ। पार्टीले यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।
एमालेका केन्द्रीय सदस्य मञ्जु भण्डारी, प्रदेश सदस्य जयकुमार राई, पूर्व मेयर मनोज मेन्याङ्बो लगायतका नेताहरूले समेत घटनाको घोर निन्दा र भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्।
कमिटीले पीडितलाई क्षतिपूर्ति दिलाउन, तोडफोडको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, पार्टी कार्यकर्ताहरू, शुभेच्छुक र आम नागरिकलाई यस्ता प्रतिगामी गतिविधिविरुद्ध एकजुट भई कानुनी शासनको पक्षमा दबाब सिर्जना गर्न आह्वान गरिएको छ।





















Discussion about this post