जेठ १६ देखि विमा उपचार स्थगन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

बोर्डले २०८३ जेठ १२ गते जारी गरेको पत्रमार्फत बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बीमा सेवा स्थगित गर्ने जनाएको हो ।

पत्रअनुसार उक्त निर्णय २०८३ साल जेठ १६ गतेदेखि लागू हुनेछ । स्वास्थ्य बीमा बोर्डको बोर्ड बैठकको निर्णयअनुसार सेवा स्थगन गरिएको उल्लेख गरिएको छ ।
यस निर्णयसँगै स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिँदै आएका सेवाग्राही प्रभावित हुने भएका छन् । बोर्डले सम्बन्धित सबै पक्षलाई जानकारीका लागि अनुरोध समेत गरेको छ ।

Screenshot
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित